काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पछिल्लो समय नेताहरुको क्रियाकलापप्रति असन्तुष्ट पोखेका छन् । उनले नेताहरुले गणतन्त्रलाई ‘गाईजात्रा’ बनाएको समेत आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा नेताहरुको गतिविधि र क्रियाकलापप्रति टिप्पणी गर्दै अध्यक्ष थापाले लेखेका छन्, आफ््नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए ।’ उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आएका छन् ।