Logo
Logo

मानव अधिकार आयोगका कर्मचारी नै प्रहरी हिरासतमा


दृष्टि संवाददाता

4.2k
Shares

काठमाडौं, ९  फागुन ।
सर्वसाधरणको मानव अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहेको राष्ट्रिय मानव अधिकार आयोगकै कर्मचारी मानव अधिकार हनन गरी कुटपिटको अपराधमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मंगलबार बेलुका लालबहादुर लामा र प्रदीप सुवेदीलाई पक्राउ गरेको हो । उनीहरू दुवै जना केन्द्रीय कार्यालयमा कार्यरत थिए ।

व्यक्तिगत विवादमा उनीहरुले धापासी निवासी शिशिर खत्रीको परिवारमाथि कुटपिट गरेका थिए । ६ जनाको समूह गएर त्यसरी कुटपिट भएको थियो । जसमा एक जनाको औंला समेत भाँचिएको छ ।
प्रहरीले ६ जनालाई पक्राउ गरेकोमा विष्णु परियार, प्रदीप सुवेदी र शोभा परियारविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धि मुद्दा चलाएको छ । प्रहरीका अनुसार विष्णु परियारको प्रेम सम्बन्धको विषयमा विवाद भएको थियो । केही दिनअघि ललितपुर प्रहरीमा मिलापत्र समेत भएको थियो । त्यसपछि पनि उनीहरु ६ जना मिलेर युवकलाई कुट्न धापासी गएका थिए । पीडितले ज्यान मार्ने उद्योग मुद्दामा कारबाही माग गरेकोमा प्रहरीले अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाएको छ । मानव अधिकार आयोगकै कर्मचारी कुटपिटमा पक्राउ परेपछि यसले आयोगकै छवीमा समेत धक्का लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्