Logo
Logo

सामान्य अंकले बढ्यो नेप्से


दृष्टि संवाददाता

693
Shares

काठमाडौं, ९ फागुन ।  साताको पहिलो दिन आइतबार शेयर बजारमा सुस्त सुधार देखिएको छ । खरिदबिक्री रकममा उत्साह जारी रहेपनि नेप्से सूचकमा भने आइतबार सामान्य वृद्धि भएको हो ।

आइतबार सेयर बजार परिसूचक नेप्से ३ अंकले बढेपनि सेन्सेटिभ इन्डेक्स भने २ अंकले घटेको छ । नेप्से २ हजार ६ सय ४० बिन्दुमा बन्द हुँदा राम्रो वित्तीय अवस्था भएका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने २ दशमलव २० अंकले घटेर ४ सय ७९ बिन्दुमा ओर्लिएको छ ।

आइतबार बिक्रीकर्ता र खरिदकर्ता बीच प्रतिस्पर्धा जस्तै देखिएको थियो । बजार खुलेको आधा घण्टाको अवधिमा बिक्री चाप रहेको बजारमा त्यसपछिको समयमा भने खरिदचाप बढ्न थालेको थियो । खरिद चाप बढेसँगै नेप्सेले सकारात्मक दिशा समाएको देखिन्छ ।

२ सय ७ कम्पनीको २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ मध्ये ७ समूहको सूचक वृद्धि भएको छ । ७ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । खरिद बिक्री रकममा ६१ करोड रुपैयाँभन्दा बढीसहित नेपाल बैंक अग्रस्थानमा छ ।

यता, माथिल्लो तामाकोशी लगायतका जलविद्युत आयोजनाको सेयर मूल्य १० प्रतिशतले बढेपछि जलविद्युत समुहको उपसूचक सर्वाधिक ८३ अंकले बढेको छ ।

निफ्राको सेयर मूल्य पनि १० प्रतिशतले बढ्दा अन्य समुहको उपसूचक पनि ३९ अंकले बढेको छ । विकास बैंक समुह २९ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्