Logo
Logo

इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिजका लागि भारतीय टीमको घोषणा


दृष्टि संवाददाता

1.4k
Shares

भारत, ९ फागुन । भारतले इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतले विराट कोहलीको कप्तानीमा १९ सदस्सीय टिमको घोषणा गरेको हो ।

भारतले घोषणा गरेको टिममा तीन खेलाडीले पहिलो पटक मौका पाएका छन् । ब्याट्सम्यान सुर्य कुमार यादव, विकेटकिपर ब्याट्सम्यान इशान किसन र अलराउण्डर राहुल टेवाटिया पहिलो पटक टी(ट्वान्टी टिममा परेका छन् ।

उनीहरुले २०२० को आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै टिममा रोहित शर्मा, भुवनेश्वर कुमार, ऋषव पन्त र वरुण चक्रवर्ती टिममा फर्किएका छन् ।

चोटका कारण मनिस पाण्डे, सन्जु सामसन र मायांक अग्रवाल टिम बाहिर छन् । मार्च १२ बाट भारत र इंग्ल्याण्डबीच पाँच खेलको टी –ट्वान्टी सिरिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्