Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : थप १० लाख खोप नेपाल आइपुगेको देखि संसद विघटनको सुुनुवाई गर्ने न्यायाधीशको सुरक्षा बढाइएकोसम्म


दृष्टि संवाददाता

2.8k
Shares

हेडलाइन्स् :

१. सरकारले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने, फागनु २३ बाट दोस्रो चरणको खोप अभियान अन्तर्गत पहिलो चरणमा ५५ वर्ष उमेर भन्दा माथिका व्यक्तिलाई दिइने ।

२. प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश, पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको र मुख्यमन्त्री राईले त्यसलाई समर्थन गरेकाले अविश्वासको प्रस्ताव ल्याउनु परेको इन्द्र आङ्बोको तर्क, फागुन २० गते बस्ने प्रदेशसभाको बैठकमा छलफल हुने ।

३. तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क रहन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह, विप्लवलाई मुलधारमा ल्याउन लागेको थाहा पाएर कतिपयलाई छट्पटि भएको प्रधानमन्त्री ओलीको टिप्पणी, सोमबारबाट प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी, सत्तारुढ दलद्वारा विप्लवलाई महासचिवको प्रस्ताव ।

४. प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला आउनै लाग्दा सुनुवाइ गरिरहेका पाँचजना न्यायाधीशको सुरक्षा बढाइयो, प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका कानून व्यवसायीले ६७ पृष्ठको बहस नोट सर्वोच्च अदालतमा बुझाए, न्यायलयलाई दबाबमा पार्ने काम कसैले गर्न नहुने बारका महासचिव लिलामणि पौडेलको तर्क ।

५. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहमा पार्टीको एकतालाई टुंगाउन खालिरहेका पदहरुमा नियुक्ति दिन नयाँ मापदण्ड, तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकता हुँदा ६०/४० को फर्मुलामा नियुक्ति गर्ने सहमति भएपनिे अध्यक्षद्वय दाहाल र नेपालबीच ५०/५० प्रतिशतको भागवण्डा, समूहको प्रेस संगठन पनि विस्तार, इञ्चार्जमा योगेश भट्टराई चयन ।

६. प्रदेश २ को प्रदेश प्रमुखमा नव नियुक्त राजेश झाद्वारा प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेर पदभार ग्रहण, पदभार अघि जानकी मन्दिर पुगेर दर्शन, नेकपा ओली समूहका युवा नेताद्वारा प्रदेश प्रमुख झालाई एक सय एक किलोको फूलको माला लगाएर स्वागत, शिरमा देश र मनमा मधेश राखेर जन्मभूमिका लागि काम गर्ने झाको प्रतिबद्धता ।

७. प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुङ्गा–नौविसे दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणधिन स्थलको अवलोकन, १३ महिना भित्रमा सुरुङको ब्रेक थ्रु हुने गरी काम भइरहेको निर्माण कम्पनीद्वारा प्रधानमन्त्रीलाई ब्रिफिङ, तोकिएको समयमा नै निर्माण सकाउन प्रधानमन्त्रीको निर्देशन ।

८. साताको पहिलो दिन आइतबार सामान्य अंकले बढेर नेप्से बन्द, तामाकोशी र निफ्राको कारोबारले सेयर बजारमा हरियालीे, नेप्से तीन अंकले बढेपनि सेन्सेटिभ २ अंक घट्यो, निफ्राको सेयर मूल्य ६ सय पुग्दा पनि खरिद माग उच्च, ५५ नम्बर ब्रोकरले धमाधम उठाउँदै, ज्योति लाइफलाई आईपीओ निष्काशन गर्न सेबोनको अनुमति, ७ अर्ब २ करोड लागत अनुमानमा हेटौंडामा नयाँ औद्योगिक क्षेत्र स्थापना हुँदै ।

९. एन्फाद्वारा शीर्ष डिभिजनमा रहेका फुटबल क्लबसँग क्लबको कानुनी प्रकिया र युवा विकास कार्यक्रमको विषयमा छलफल, इंग्ल्याण्डविरुद्ध मार्च १२मा सुरु हुने ५ सिरिजको टी ट्वान्टी प्रतियोगिताका लागि भारतीय क्रिकेट टीम घोषणा, ब्याट्सम्यान सुर्य कुमार यादव, इशान किसन र अलराउण्डर राहुल टेवाटिया पहिलो पटक टिममा, विश्व नम्बर एक तथा सर्बियन खेलाडी नोभाक जोकोभिचलाई कीर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि ।

१०.र, भारतमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै, ६ राज्यमा कोरोनाको ग्राफमा वृद्धि, महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कफ्र्यु लगाइयो, अकोला, मूर्तिजापुर र अकोटमा मार्च १ सम्म लकडाउन, अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामामा एक प्रहरीको मृत्यु, अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लगाए कोरोनाविरुद्धको खोप ।

प्रतिक्रिया दिनुहोस्