Logo
Logo

परमाणु संयन्त्रको निरीक्षण गर्न इरानको राष्ट्रसंघलाई अनुमति


दृष्टि संवाददाता

504
Shares

एजेन्सी, १० फागुन । इरानले आफ्नो देशमा तयार पारिने परमाणु र परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय परमाणु हतियार निगरानी एजेन्सी आईएईएलाई अनुमति दिएको छ ।

इरानले आईएईएलाई आफ्नो परमाणु संयन्त्र निरीक्षण गर्न ३ महिनाका लागि अनुमति दिएको हो । विवादास्पद परमाणु संयन्त्रका विषयमा विश्वभर चर्चा चलिरहेकै बेला इरानले यो निर्णय लिएको हो ।

यसअघि इरानले परमाणु सम्झौता तोडेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ देखि इरानमाथि लगाएको प्रतिबन्ध हालसम्म कायम रहेको अवस्थामा इरानले यो निर्णय लिएको हो ।

इरानले अमेरिकामाथि सन् २०१५ मा भएको परमाणु सम्झौताको पालना नगरेको आरोप लगाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्