काठमाडौैं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा फैसला हुने दिन नजिकिदै जाँदा प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच चेटवार्ता भएको छ । संवैधानिक राजनीतिक संकटको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । सोमबार दिउँसो प्रधानन्याधीश जबरालाई भेट्न प्रधानसेनापति थापा सर्वोच्च पुगेका हुन ।
सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल प्रधानन्यायधीश र प्रधानसेनापतिबीच छलफल भएको बताइएको छ । तर, राजनीतिक संकटको यो समय दुई अंगका मुख्यबीच भएको भेटलाई अर्थपूर्ण भनिएको छ ।