जुम्ला । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गर्ने क्रममा जुम्लामा शाखा सञ्चालनमा ल्याएकाे छ । बैंकले जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ०६ मा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन गर्दै चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवाले बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।
उनले प्रभु बैंकले आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर देशको आर्थिक विकासमा टेवा पुगेको पनि बताए ।
उक्त शाखाले जुम्ला जिल्लाका स्गानियहरुलाई धेरै सहयोग मिल्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकको यो २१३ औं शाखा हो ।