काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानीको विवरण एक हप्ता भित्र पठाउन निर्देशन दिएको छ ।
प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै एक हप्ता भित्र विमितको सही विवरण पठाउन निर्देशन दिएको हो ।
सोमबार मन्त्रालयले सूचना जारी गर्दै सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ
साथै तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बिमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिने पनि जनाएको छ ।
नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ ।