Logo
Logo

शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानीकर्ताले भने मंगलबारको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् ।

हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ बनाएको नेप्सेमा आज झण्डै २१.१६ बिन्दुले गिरावट आई दुई जार ५ सय ८६ दशमलव ५१ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ ले घटेर ४ सय ६७ दशमलव ९४ मा ओर्लेको छ । कूल २ सय ५ कम्पनीको एक करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर रु आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ बराबरको कारोवार भयो ।

नेप्सेमा आएको गिरावटसँगै बजार पूँजीकरणसमेत घटेको छ । आज कूल ३५ खर्ब ६४ अर्ब १० करोड ४३ हजार बराबरको बजार पूँजीकरण कायम भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये मंगलबार व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर आरालो लागेको छ ।

व्यापार २६ दशमलव ७३ बिन्दुले उकालो लाग्दा बैंकिङ ७ दशमलव ७२, होटल ३१ दशमलव ५८, विकास बैंक ३० दशमलव २७, जलविद्युत् १२ दशमलव ४७, वित्त ७ दशमलव ०१, निर्जीवन बीमा ५२ दशमलव ०४, उत्पादन ९५ दशमलव ९९, अन्य ५१ दशमलव ११, लघुवित्त ६ दशमलव ३२, जीवन बीमा २० दशमलव २ र सामूहिक लगानी कोष ० दशमलव १६ ले ओरालो लागेको छ ।

केही दिन पहिले मात्रै कारोवारमा आएको नेपाल पूर्वाधार बैंकको शेयर आज शुरुवाती चरणमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको थियो । पुनः सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीको रु ७३ करोड ९४ लाख ५२ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

त्यस्तै, पूर्वाधार बैंक १०, आँखु खोला जलविद्युत् कम्पनी ६ दशमलव ६७, युनिलिभर नेपाल ५ दशमलव २८, एनएमबी ५० का लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतले गुमाउँदा पञ्चकन्या माई हाइड्रोपावर ४ दशमलव ६१, कर्पोरेट डेभलपमेन्ट बैंक ३ दशमलव ९८, खानीखोला हाइड्रोपावर ३ दशमलव ९१ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्