Logo
Logo

सर्वोच्चको फैसलाले चुनौती खडा गर्‍यो : प्रधानमन्त्रीका विदेश सल्लाहकार


दृष्टि संवाददाता

10.6k
Shares

काठमाडौं । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले भोलिका लागि प्रश्न र चुनौतीहरू खडा गरेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षको छलफल चलिरहेका बेला सल्लाहकार भट्टराईले अदालतको आदेशको सम्मान गर्ने बताए । तर, अदालतको यो फैसला पछिसम्म विवादकै रूपमा रहने उनको भनाइ छ ।

‘‘संवैधानिक र संसदीय व्यवस्थाका पक्षधरहरूले यसमा सोच्नुपर्छ । आज त फैसलाको आफ्नो पक्षमा आउनेहरू खुशी होलान् । तर, यसले देखाउने बाटो चाहिँ सहज छैन । यो पछिसम्म विवादकै रुपमा रहनेछ । भोलिका दिनमा आउन सक्ने चुनौतीबारे सबै सजग हुनुपर्छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्