Logo
Logo

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड


दृष्टि संवाददाता

2.1k
Shares

काठमाडौंँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्डले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्