काठमाडौं । संसद पुन: स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई भारतको राज्यसभा सांसद एवं सत्तारुढ भारतीय जनता पार्टीका नेता सुव्रण्यम स्वामीले स्वागतयोग्य भनेका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले अदालतको फैसलापछि अब नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अढि बढ्ने उल्लेख गरे ।
Good news from Nepal. The Nepal Supreme Court quashed the Parliament dissolution and revived Parliament, 13 days given to do so. Nepali democratic leaders have been in touch me and my hope is democracy will be restored. India Nepal relations can be repaired then
— Subramanian Swamy (@Swamy39) February 23, 2021
भारतको पूर्व केन्द्रीय मन्त्री समेत रहेका स्वामीले नेपालका लोकतान्त्रिक नेताहरु आफूसँग सम्पर्कमा रहेको र लोकतन्त्रको पुनस्र्थापना हुने विश्वासमा आफू पहिले पनि रहेको लेखेका छन् ।