काठमाडौं । माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । माछापुच्छ्रे लक्ष्मी बैंकको अगुवाईमा कर्जा लगानी गर्ने भएको हो । दुई बैंक र माबिलुङ् इनर्जीबीच सोमबार सम्झौता भएको छ।
माबिलुङ इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसमा मा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४ दशमलव ९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ९३ करोड ७० लाख रहेको छ ।
जसमा बैंकहरुले लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्वलगानी रहनेछ । यसमा लक्ष्मी बैंकको ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको २५ करोड ६० लाख लागत रहनेछ ।