Logo
Logo

बामदेवको अर्को प्रस्तावः ओलीलाई विदा गरेर नेकपाकै सरकार बनाउँ


दृष्टि संवाददाता

3.1k
Shares

काठमाडौं । नेकपा एकता अभियानका संयोजक बामदेव गौतमले नेकपाभित्रैबाट प्रधानमन्त्री चुन्नुपर्ने प्रस्ताव गरेका छन् । नयाँ सत्ता समिकरणका लागि राजनीतिक दलका नेताहरु दौडधुपमा लागिरहेका बेला गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

 

छलफलका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजन बहिर्गमनको वातावरण बनाउनुपर्ने र नेकपाबाटै प्रधानमन्त्री चयन गर्नु पर्ने प्रस्ताव गरेका छन् । उनीहरुबीच एक घण्टा भएको कुराकानीमा जनताले नेकपालाई नै विश्वास गरेकाले अबका दिनमा नेकपाकै सरकार हुनुपर्ने विषय केन्द्रित रहेको थियो ।

नेता गौतमले आफ्नो प्रस्तावमा अध्यक्ष प्रचण्ड सकारात्मक रहेको बताएका छन् । उनले भने, प्रचण्ड नेकपाकै सरकार बनाउन सकारात्मक हुनुहुन्छ । ओलीले पनि प्रधानमन्त्रीबाट राजीनामा दिएर एकतालाई सहज बनाउनुपर्छ ।’

नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन् । उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।

सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्