Logo
Logo

नेकपाको नाम विवादमाथिको सुनुवाई सकियो, फैसला फागुन २०मा


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमाथिको सुनुवाई सकाएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले पार्टीको नाममा रहेको विवादको सुनुवाई सकाएको हो ।

सुनुवाई सकिएलगत्तै निर्णय सुनाउने मिति फागुन २० लाई तोकिएको अदालतले जनाएको छ । ७५ साल जेठ ३ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो । कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

कट्टेलले निर्वाचन आयोगमा उजुरी पनि दिए । उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समय उक्त रिटमाथि सुनुवाइ भएको थिएन । उक्त मुद्दामाथि पेसी चढ्दै र सर्दै आएको थियो ।

अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिक रुपमा विभाजित तर कानुनी रुपमा एकै रहेको नेकपाको भविष्यमाथि नै प्रश्न चिन्ह् आउने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्