Logo
Logo

सरकारले गर्‍याे एकैपटक ३१ सहसचिवको सरुवा


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय मातहतको राजस्व अनुसन्धान विभागका सहसचिव दीर्घराज मैनालीलाई अर्थमन्त्रालय लगिएको छ । आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्र प्रसाद रिजाल र शिवकुमार कार्कीलाई सरकारले गृह मन्त्रालय पु¥याएको छ । गृहका अर्जुन कुमार शर्मा र रमेश शिवाकोटीलाई अख्तियारमा लगिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय मातहतकै सम्पत्ति शुद्धिकरण विभागका सहसचिव रुपनारायण भट्टाराईलाई राष्ट्रपति कार्यालय पु¥याइएको छ ।

सहसचिव शोभाकान्त पौडेलको सरुवा प्रदेशबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छ ।

सरूवा भएका सहसचिवहरुको विवरण हेर्नुहाेस् :

 

प्रतिक्रिया दिनुहोस्