Logo
Logo

शेयर बजारमा ४५ अंकको गिरावट, काराेवार रकम पनि घट्याे


दृष्टि संवाददाता

567
Shares

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ। बिहीबार ४४ दशमलव ९४ अंक घटेर २ हजार ५ सय ५४ दशमलव १३ विन्दुमा बन्द भएको हो ।

बजार घटेपछि कारोबार रकम समेत घटेर ६ अर्ब रुपैयाँमा सिमित भएको छ। बुधबार पनि कारोबार रकम ६ अर्ब रुपैयाँ हाराहारीमै सिमित भएको थियो ।

बिहीबार दुई सय ६ कम्पनीको ८३ हजार ४ सय ७ पटकको कारोबारमा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

पछिल्लो समय दैनिक ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भइरहेको बजारमा बुधबार प्राविधिक समस्याका कारण कारोबार रकम घटेको आंकलन गरिएको छ ।

श्री इन्भेष्टमेन्ट, आइएमई जनरल इन्स्योरेन्स, समृद्धी फाइनान्स र माउन्टेन हाइड्रोको सेयर मूल्य ४ र ५ प्रतिशतले घटेको छ। निफ्राको सर्वाधिक ९० करोड रुपैयाँको सेयर किनबेच भएकोमा नबिल बैंक, नेशनल हाइड्रो र नेपाल बैंकको २१÷२१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

समग्र नेप्से ओरालो लागेपनि चन्द्रागिरी हिल्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयर मूल्य यस दिन ३४ रुपैयाँ बढेर ३ सय ७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्