Logo
Logo

विनाेदकाे ह्याट्रिकमा ब्वाइज युनियनकाे तेस्राे जीत


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले फराकिलो जित निकालेको छ । बिहीबार भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई चारका विरुद्ध शून्य गोल अन्तरले पराजित गरेको हो ।

ब्वाइज युनियनको जीतमा विनोद राईले ह्याट्रिक गरे । टंक बहादुर स्याङतानको नाममा एक गोल रह्यो । खेलको २६ औं मिनेटमा कप्तान टंकले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए । खेलको ६१ औं मिनेटमा सुमन श्रेष्ठलाई सब्स्टीच्युत गरेका विनोदले ६४ औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

खेलको ८५ औं मिनेटमा विनोदले व्यक्तिगत दोस्रो गोल गर्दा ब्वाइज युनियन तीनका विरुद्ध शून्य ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा विनोदले ह्याट्रिक पुरा गर्दै टिमलाई चारका विरुद्ध शुन्यको जित दिलाए ।

जितसँगै ब्वाइज युनियन लिगको चौंथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्