Logo
Logo

महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अष्ट्रेलियन ग्यारी फिलिप्सलाई महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन गरेको छ ।

एन्फाको टेक्निकल कमिटीले विहिवार रिक्त रहेको महिला टिमको मुख्य प्रशिक्षकमा ग्यारीलाई चयन गरेको हो । उनलाई एएफसी एशियन कप छनोट र महिला साफ च्याम्पियनसिपका लागि प्रशिक्षक बनाएको बताइएको छ ।

यस अघि फिलिप्स प्राविधिक निर्देशनको रूपमा काम गरिरहेका थिए । तर कोरोनाका कारण केहि महिना स्वदेशमै बसेका थिए । कोरोना कम भएपछि उनी केहि महिना अगाडी नेपाल आएका थिए ।

एन्फाले अहिलेको अवस्थामा अरु विदेशी प्रशिक्षकलाई ल्याउनु भन्दा ग्यारीको अनुभव र स्किललाई महिला खेलाडीमाझ साट्नु उचित हुने भन्दै उनलाई नयाँ जिम्मेवारी दिएको हो ।

नेपालमा भएको १३ औं सागमा फाइनलमा पराजित भएपछि नेपाली महिला फुटबल टिम मुख्य प्रशिक्षक विहिन थियो । त्यो बेलाका प्रशिक्षक हरी खड्काले हारपछि पदबाट राजिनामा दिएका थिए ।

ग्यारी आफैले पनि महिला टिमको प्रशिक्षकका लागि बढि रुची राखेकाले पनि एन्फाको टेक्निकल कमिटीले उनलार्ई नयाँ जिम्मेवारी दिएको हो । उनले यसअघि पीएनजीको महिला टिमको पनि प्रशिक्षण सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्