Logo
Logo

कपिलवस्तुमा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु


दृष्टि संवाददाता

567
Shares

कपिलवस्तु । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ कपिलबस्तुको बाणगंगामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।

विहीबार एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै बाणगंगा नगर प्रमुख मंगलप्रसाद थारुले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गरे ।

यस्तै कार्यक्रममा नगर उपप्रमुुख चत्रपाणी अर्यालले खेलकुद राष्ट्को समृद्धिसंग जोडिएको भन्दै खेलकुदले देशको अर्थतन्त्रको पनि विकास गरेको बताए ।

प्रतियोगितमा १५ विधाका ३६ इभेन्टहरु हुनेछन् । नगरपालिकाको अयोजना तथा जिल्ला खेलकुद विकास समितिको संयोजनमा सुरु भएको प्रतियोगिता १५ गते सम्म चल्ने छ ।

जनता मा वि पिपराको प्रांगणमा विहिबार देखि सुरु भएको प्रतियोगितामा २ सय वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रदर्शन गरेका थिए ।

प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजक बाणगंगा नगरपाालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्