Logo
Logo

केपी ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पस्यो : राजेन्द्र श्रेष्ठ


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता श्रेष्ठले नैतिकताको आधारमा ओलीले राजीनामा दिदा उत्तम हुने धारणा पनि राखे ।

नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरे । सहकार्यका लागि आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको पनि श्रेष्ठले बताए ।

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उनले उक्त भेटमा दाहाल–नेपालले नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि जानकारी दिए ।

उनले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्