Logo
Logo

आरसिटीद्वारा नयाँबस्ती पराजित


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले जीत निकालेको छ । बिहीबार भएको खेलमा आरसिटीले नयाँबस्ती युवा क्लबलाई चारका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसिटीले सहज सहज जीत निकालेको हो । आरसिटीको जितमा अजित गुरुङले दुई गोल गर्दा सुरेन खवास र विश्व थापाले समान १–१ गोल गरे। नयाँबस्तीका लागि गणेश हमाल र सचु गुरुङले गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै अजितले गोल गर्दै आरसिटीलाई सुरुवाती अग्रता दिलाए । तर १९ औं मिनेटमा गणेशले गोल गरेसँगै नयाँबस्तीले आरसिटीसँग १–१ गोलको बराबरी बनाएको थियो ।

खेलको ५० औं मिनेटमा सचुले गोल गर्दै नयाँबस्तीलाई २–१ गोलको अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा सुरेनले गोल गर्दा आरसिटीले २–२ गोलको बराबरी बनायो।

त्यसपछि भने विश्व थापाले ८३ औं र ८५ औं मिनेटमा अजितले गोल गर्दै आरसिटीलाई ४–२ गोलको जीत दिलाए ।

प्रतिक्रिया दिनुहोस्