Logo
Logo

म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामकाे प्रतिबन्ध


दृष्टि संवाददाता

567
Shares

एजेन्सी । म्यानमारमा जारी सैन्य ‘कु’ को विश्वभरबाट विरोध भइरहँदा सामाजिक सञ्जाल ट्वीटर र एन्स्टाग्रामले प्रतिबन्ध लगाएको छ ।

फेसबुकले म्यान्मारको सेना तथा उनीहरुको सहयोगीहरुलाई आफ्नो प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाएको छ । म्यान्मारको सेनालाई फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्न दिनु अत्यन्तै जोखिमपूर्ण रहेको फेसबुकले बताएको छ ।

गत १ फेब्रुअरीमा सेनाले सत्ता हत्याएपछि फेसबुकले आफ्नो निर्देशिकाको उल्लंघन गरेको भन्दै सेनाको मुख्य पेजमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

म्यान्मारको सेनाले सन् २०२० को चुनावमा धँधली भएको भन्दै फेसबुकमार्फत प्रचार प्रसार गर्दै आएको थियो । सैन्य कूको विरोधमा म्यान्मारमा भएको प्रदर्शनका क्रममा अहिलेसम्म तीन जना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ ।

फेसबुकले यो प्रतिबन्ध अनिश्चितकालका लागि भएको उल्लेख गर्दै तत्कालको प्रभावका कारण लागू गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्