Logo
Logo

अन्तराष्ट्रिय फोरममा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु निर्वाचित


दृष्टि संवाददाता

2k
Shares

काठमाडौं– संयुक्त राष्ट्रसंघको मान्यताप्राप्त विश्वभरका स्थानीय सरकारको साझा संस्थाको एशिया क्षेत्रिय अध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष एव्ं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

कोरोना भाईरसका कारण विभिन्न देशका प्रतिनिधिले भर्चुअल माध्यमबाट परिषद्का् बैठक आयोजना गरी नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई सर्वसम्वत रुपमा अध्यक्षमा छनौट गरेको हो ।

स्थानीय सरकार तथा विज्ञसहित विश्वभर २ लाख ४० हजार सदस्य रहेको युनाईटेड सिटिज लोकल गर्भमेण्ट्स एशिया प्यासिफिक संस्थाको साउथ एण्ड साउथइष्ट एसियाको अध्यक्षमा आगामी ३ वर्षका लागि व्याञ्जु निर्वाचित भएका हुन् ।

दक्षिण पूर्व एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सदस्यहरुको सबै भन्दा ठुलो संजालका रुपमा रहेको युसिएलजी संस्था संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त एक मात्र स्थानीय सरकारहरुको साझा संस्था हो । इण्डोनेसियाको जाकार्तामा प्रधान कार्यालय रहेको युसिएलजी स्पाक प्रजातान्त्रीक रुपको स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाज हो ।

निर्वाचित भएपछि अध्यक्ष ब्याञ्जुले नगरपालिकाहरुको क्षमता अभिबृद्धि गरी संघीयता कार्यान्वयन र संविधान प्रदत्तहकहरुको प्रयोग गरी सबल, सुशासित र समृद्ध नगरपालिकाहरु निर्माणमा कोशेढुंगा सावित हुने  बताए ।

प्रतिक्रिया दिनुहोस्