Logo
Logo

लाेकतन्त्र जाेगाउने सर्वाेच्च अदालतप्रति नमन : प्रथम राष्ट्रपति यादव


दृष्टि संवाददाता

630
Shares

धनुषा । प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेर सर्वोच्च अदालतले मुलुकको लोकतन्त्रलाई जोगाएको दावी गरेका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा बिहीबार आयोजना गरेको महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले अदालतले लोकतान्त्रिक संविधानलाई बचाएको बताएका हुन् ।

‘लोकतन्त्र, संघीयता र समावेशीमा विश्वास गर्नेको जित भएको छ’, डा.यादवले भने, ‘अदालतले लोकतान्त्रिक संविधानलाई बचाएको छ । मुलुकमा लागेको ग्रहणलाई अदालतले संविधानअनुसार हटाएको छ , अदालतलाई नमन’ उनले भने ।

यादवले राजनीतिभित्र चिरा परेको लोकतन्त्र बलियो नभएसम्म मुलुकमा लोकतन्त्र कार्यान्वयन नहुने बताएका छन् । राजनीति दल विधि र प्रक्रियाअनुसार नचलेर चिरा परेकोले मुलुकमा समस्या आएको उनको दावी थियो ।

प्रतिनिधिसभा विघटन बदरपछि चार वा पाँच चरणमा सरकार गठन प्रयासपछि मात्र मुलुकमा निर्वाचन हुने बताउँदै डा. यादवले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनु पर्ने बताए ।

डा. यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासन नभएको टिप्पणी गरे । कांग्रेस, नेकपा र मधेसवादी दलसहित कुनै पनि दलमा आर्थिक अनुशासन नभएको उनले आरोप लगाए ।

 

 

प्रतिक्रिया दिनुहोस्