Logo
Logo

बाह्र किलो गाँजासहित पक्राउ


दृष्टि संवाददाता

441
Shares


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवकलाई प्रहरीले आज लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

भीरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलो ८५० ग्राम गाँजासहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

बिहीबार रनैबेनीस्थित जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएका पुनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाउने राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्