Logo
Logo

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता


दृष्टि संवाददाता

6.6k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या देवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको तेस्रो दिन प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले नै प्रतिनिधिसभाको बैठक बोलाउन १३ दिनको म्याद दिएसँगै बैठक बोलाउने विषयमा छलफल गर्न भेट भएको बुझिएको छ । संवैधानिक प्रावधान अनुसार राष्ट्रपति भण्डारीले नै बैठक बोलाउनुपर्ने हुँदा फागुन २४ अगावै बैठक बोलाउने गरी तयारी पनि अघि बढाइएको बुझिएको छ ।

सर्वोच्च अदालतले गत मंगलबार सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको रिटमा झण्डै दुई महिनासम्म भएको सुनुवाईमा फैसला गर्दै पुनःस्थापना गर्ने निर्णय गरेको थियो ।

उता, बैठक आह्वान भएको दिन नै नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । संविधानको धारा सय को उपधारा ४ अनुसार दर्ता हुने अविश्वासको प्रस्ताव बहुमतले पास भए प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्