कामठाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । यस्तै अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका थोरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।
शुक्रबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
यस्तै शनिबार देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।
आइतबार प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।