Logo
Logo

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ २ प्रतिशतलाई मात्र


दृष्टि संवाददाता

3.6k
Shares

काठमाडौं । ३७ हजार ५ सय लगानीकर्ताले महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) प्राप्त गरेका छन् ।
शुक्रबार बाँडफाँट हुँदा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ पाएका हुन ।

आवेदन दिएकामध्ये २ प्रतिशत लगानीकर्ताले मात्र आईपीओ हात पारेका हुन् । १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए ।
बाँडफाँट अनुसार १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँट गरिएको छ ।

आईपीओमा कुल २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयरको माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्