Logo
Logo

ओली नेतृत्वको सरकार निरन्तर अघि बढ्छ : सञ्चारमन्त्री गुरुङ


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यही सरकारले अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने दावी गरेका छन् ।

बरिष्ठ संगीतकार अम्बर गुरुङको जन्मजयन्तीका अवसरमाा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नै आगामी दिनमा पनि अविचलित रुपमा राष्ट्रका लागि काम गर्ने बताएका हुन् ।

उनले राजनीतिमा तहमाथि हुनु स्वभाविक भएको भन्दै यसले मुलुकको बिकासको बाटोलाई कुनै अप्ठेरो नहुने जिकिर गरे । मन्त्री गुरुङले अदालतको फैसला सर्वस्वीकार्य हुने र अदालतको फैसला अनुसार नै ओली नेतृत्वको सरकार अघि बढ्ने उल्लेख गरे ।

मुलुकमा देखिएको अराजक राजनीति धेरै दिन टिक्क नसक्ने भन्दै मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने बाटोमा नेकपा प्रतिवद्ध रहेको धारणा राखे ।

त्यस्तै उनले राजनीतिलाई अनुशासनको बाटोमा हिडाउनुपर्ने बताउनुभयो । मुलुकको नाम विश्वमाझ चिनाउने संगीतकर्मीलाई राज्यले अग्रभागमाा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्