Logo
Logo

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपतिको आग्रह


दृष्टि संवाददाता

756
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गरेकी छन् ।

शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुुर्‍याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित सम्मान समारोहमा उनले सादा जीवन उच्च विचारका धनी महेन्द्रनारायण निधिले अगाँल्नुभएको निष्ठाको राजनीति सबैका लागि स्मरणीय रहेको उल्लेख गरिन् । निधि प्रतिष्ठाको योगदानको खाँचो औल्याउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘निधिको निष्ठापूर्ण जीवन आर्दशको अनुसरण गर्ने भावना हामी सबैमा रहोेस् ।’

जनताको हकअधिकार स्थापना गर्न सधैँ अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्नुभएका महेन्द्रनारायण निधिले प्राप्त प्रजातन्त्र र नागरिक अधिकारको संरक्षण एवं सम्वद्र्धनमा आफूलाई जीवनभर समर्पित गर्नुभएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्