Logo
Logo

११ एसपीको सरुवा, पाँच जिल्लाका हाकिम हेरफेर


दृष्टि संवाददाता

8.7k
Shares

काठमाडौं, १४ फागुन ।
प्रहरी प्रधान कार्यालयले ११ एसपी तथा १८ डिएसपीको सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् ।


सरुवा अनुसार बर्दियामा ईश्वर कार्की, गुल्मीमा गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर, महोत्तरीमा दिनेश आचार्य र गोरखामा शेखर खनाललाई पठाइएको छ । बाग्लुङका लोकेन्द्र श्रेष्ठ र गोरखाका गुरेन्द्र गुरुङलाई कारबाहीस्वरुप हटाएर नयाँ एसपी पठाइएको छ ।
त्यस्तै डिएसपी सरुवामा जुम्ला र हुम्लाका इन्चार्ज फेरिएका छन् । जुम्लामा दानबहादुर थापा तथा हुम्लामा हेरम्ब शर्माको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्