काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत आज जाने भएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड आज सर्वोच्च अदालत जान लागेका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत बुधबार प्रचण्डलाई सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
प्रचण्डले अदालतको अवहेलना हुने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माको एकल इजलासले प्रचण्डलाई आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा यसअघि नै सर्वोच्च अदालत पुगेर लिखित जवाफ दिइसकेका छन् ।