Logo
Logo

‘प्रधानमन्त्री ओली सत्तामा बस्नलायक हुनुहुन्न’


दृष्टि संवाददाता

2k
Shares

गुल्मी, १६ फागुन । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएको बताएका छन् । सर्वोच्च अदालतले हराउँदा समेत पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताउँदै भने, ‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न । यो नैतिकता पनि होइन ।’
नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने दावी गरे ।
नेता विष्टले नेकपाको आधिकारिताको पुष्टि आफूमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने बताए । उनले पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको भन्दै निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न आफूहरुले पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्