Logo
Logo

प्रहरीको साइबर ब्यूरोको नाममा पैसा असुली


दृष्टि संवाददाता

4.2k
Shares

काठमाडौं, १६ फागुन ।
साइबर अपराध सम्बन्धि अनुुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्यूरो नै साइबर अपराधीबाट पीडित बन्न पुगेको छ । ब्यूरोको नाममा नक्कली फेसबुक आइडी बनाएर सर्वसाधरणसँग पैसा माग्ने काम भएको अनुसन्धनमा खुलेको छ ।

Central Cyber Bureau, Kathmandu

कपिलवस्तु वाणगंगा नगरपालिका– २ घर भई हाल रुपन्देहीको सैनामैना बस्ने १८ वर्षिय राजीव पोखरेलले ब्यूरोका नाममा नक्कली फेसबुक आइडी बनाएर ब्लाकमेलिङ गरेका हुन् । उनलाई ब्यूरोले शुक्रार पक्राउ गरेको छ । उनले नक्कली आईडी बनाई विभिन्न व्यक्तिहरुसँग म्यासेन्जरमार्फत पैसा असुली गर्ने प्रयास गरेको ब्यूरोले जनाएको छ । प्रहरीको छविलाई बदनाम गर्ने र संगठनप्रति आमनागरिकलाई भ्रमित पार्ने काम गरेकाले उनलाई साइबर अपराध मुद्दामा कारबाही अघि बढाइएको ब्यूरोका एसएसपी नबिन्द्र अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्