Logo
Logo

झन् एक्लिए बादल, स्वकीय सचिव नै प्रचण्डतिर लागे


दृष्टि संवाददाता

590.8k
Shares

काठमाडौं, १६ फागुन ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एक्लिदै गएका छन् । उनका अर्का स्वीकय सचिवले उनलाई छाडेका छन् । सुरुदेखि नै उनको स्वीकय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका छन् ।


यसअघि उनका राजनीतिक सल्लाहकार प्रचण्ड माधव नेपाल समुहमा लागिसकेका छन् । नेकपाको विवादमा बादल केपी ओली पक्षमा लागेका थिए । तर, उनका सबै सांसद भने प्रचण्ड पक्षमा लागेका छन् । ‘आफ्नै पिएले समेत छाड्ने अवस्था भनेपछि उनको के अवस्था रहेछ, सजिलै बुझ्न सकिन्छ,’ पूर्व माओवादीका एक नेताले भने ।
गृहमन्त्री पदकै लोभमा उनले आफ्नो राजनीतिक करिअर धरापमा पारेको टिप्पणी उनी निकट नेताहरुको छ ।

प्रतिक्रिया दिनुहोस्