Logo
Logo

विनम्र हुनुस्, कमजोर नहुनुस्ः आईजिपी थापा


दृष्टि संवाददाता

92.9k
Shares

भैरहवा, १६ फागुन ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले नागरिकप्रति विनम्र व्यवहार गर्र्नुपर्नेमा जोड दिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरी विनम्र भएन भनेर गुनासो आउने बताए ।

‘विनम्रता भनेको कमजोरी होइन, विनम्र हुनु भनेको कमजोर हुन होइन’ उनले भने,उनले भने, ‘कमजोर मान्छेले कडा कुरा गर्छ, असल मान्छेले राम्रो काम गर्छ, विनम्र हुनुस् र कमजोर नहुनुस्,’ उनले निर्देशनदिँदै भने‘ यो मेरो स्पष्ट निर्देशन पनि हो।’
उनले नागरिकले सहयोग नगरेसम्म प्रहरीले अपराध नियन्त्रण र रोकथाम गर्न नसक्ने बताउँदै अपराध न्यूनीकरणमा नागरिकले साथ दिँदा समाज सुरक्षित हुने बताए।

लामो समयदेखि भाडाको घरमा बस्दै आएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ मा नयाँ भवन बनेको हो । भैरहवाका उद्यमी तथा व्यवसायीको सक्रियता एवं जनसहभागितामा करिब २ कट्टा क्षेत्रफलमा अढाई तले भवन निर्माण गर्दा १ करोड ५२ लाखको लागत लागेको छ।

प्रतिक्रिया दिनुहोस्