काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आइतबार भएको दोस्रो खेलमा ब्वाइज यूनियन विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्वाइज यूनियनद्वारा नयाँबस्ती युवा क्लव तीनका विरुद्ध शुन्य गोल अन्तरले पराजित भएको हो ।
युनियनको तीतमा मिलन लिम्बुले ह्याट्रिक गरे । पहिलो हाफमा दुई गोल गरेका मिलनले दोस्रो हाफमा एक गोल गरेका थिए । खेलको २१ औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्वाइजको अग्रता दुई शून्यको बनाए । त्यसपछि खेलको ५७ औं मिनेटमा मिलनले ह्याट्रिक पुरा गर्दै ब्वाइजलाई तीनका विरुद्ध शून्यको जीत दिलाए ।
जीतसंगै ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ । ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ । नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।