Logo
Logo

लकडाउनको विरोध गर्ने आठ पक्राउ


दृष्टि संवाददाता

252
Shares

एजेन्सी । कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई पक्राउ गरिएको हो ।

लकडाउनबाट असन्तुष्टको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा एक हजार बढी सहभागी भएका थिए । शान्तिपूर्ण प्रदर्शन गरेकालाई केही नगरिएको र हिंसात्मक क्रियाकलाप गर्नेलाई मात्रै पक्राउ गरिएको प्रहरी अधिकारीले स्पष्टीकरण दिएका छन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ । डेनमार्कमा अहिले आंशिक लकडाउन छ । डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै छ ।

प्रतिक्रिया दिनुहोस्