Logo
Logo

बालाजुवासीले गरे काठमाडौँ महानगरपालिका घेराउ


दृष्टि संवाददाता

693
Shares

काठमाडौँ । सडक विस्तारको नाममा बालाजुमा घर भत्काउने र कमलपोखरीमा कंक्रिटको कमलको फूल फुलाउने काम गरेको भन्दै स्थानीयले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

बृहत नागरिक आन्दोलन अभियान र उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आइतबार सडक विस्तारको नाउँमा बालाजुमा जनताको घर गैरकानुनी रुपमा भत्काएर सूचना केन्द्र निर्माण गर्ने र कमलपोखरीमा कंक्रिटको कमलको फुल फुलाउने कामको विरोधमा महानगरपालिका घेराउ गरेको हो ।

घेराउ कार्यक्रममा उपस्थित भएका बालाजु क्षेत्रका स्थानीयले सडक विस्तार गर्ने नाममा घर भत्काइदिँदा आफूहरुको उठिबास भएको बताएका छन् । यस्तै बृहत नागरिक आन्दोलनका अभियन्ताहरुले कमल पोखरीमा कंक्रिट प्रयोग गरी कमलको फूल फुलाउँदा पोखरीको मौलिकता नष्ट हुने बताएका छन् ।

जनताले कंक्रिटको प्रयोग नगर्न माग गरिरहे पनि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नसुनेको पनि बताए । उनीहरुले जनताको आवाज सुन्न र बुझ्न नसक्ने मेयरले राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्