Logo
Logo

फलफुल पसलबाट हुन्डीको कारोबार, तीन जना पक्राउ


दृष्टि संवाददाता

4.3k
Shares

काठमाडौं, १६ फागुन ।
फलफुल पसलको आवरणमा हुन्डी कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । कुलेश्वरमा फलफुल पसल चलाउने नवराज कार्कीलाई प्रहरीले १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।


उनका कामदार सुमन थापा र भारतीय नागरिक सत्य नारायण प्रसादलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो । त्यहाँबाट ठूलो परिणाममा हुन्डी कारोबार हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्