Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रधानमन्त्रीबाट हटाउन ओलीको चुनौतीदेखि दाहाल–नेपाल समूहलाई प्रतिनिधिसभामा सत्तापक्षकै सिटसम्म


दृष्टि संवाददाता

2.5k
Shares

हेडलाइन्स् :

१. झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती, संसदबाट हटाए फेरि दुईतिहाइ मत ल्याएर देखाउने ओलीको दाबी, प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको समूह नेकपासँग छिट्टै वार्ताबाट सहमति गर्ने प्रधानमन्त्री ओलीको दावी ।

२. नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश, आफूले सावजनिक सभामा मुद्दाका विषयमा नबोलेको तर्क, कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउन धारणा दिएको जवाफमा उल्लेख ।

३. सरकारले संवैधानिक निकायमा गरेको नियुक्त असंवैधानिक भएको नेपाल बार एशोसिएशनको निष्कर्ष, संसदीय सुनुवाई विना गरिने कुनै पनि नियुक्ति संवैधानिक नहुने तर्क, ४७ औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठकपछि जारी घोषणापत्रमा संविधानको भावना र मर्म प्रतिकुल भएको कार्यप्रति असहमति समेत प्रकट ।

४. सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै सरकारले फागुन २३ मा बैठक बोलाउन राष्ट्रपतिलाई सिफरिस गरेसँगै बैठक सञ्चालनको तयारी तीव्र, निर्वाचन आयोगले नेकपाको आधिकारिकता दावी निरुपण नगरिदिँदा दाहाल–नेपाल समूह सत्तापक्षकै बेन्चमा बस्नुपर्ने, बैठक बस्नुअघि सबै सांसदलाई कोरोनाविरुद्धको खोप दिने तयारी ।

५. चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी लगानीकर्ताले नेपालमा कमाएको नाफाबापतको रकम लाने क्रम बढ्यो, साउनदेखि मंसिरसम्म विदेशी लगानीकर्ताले १८ अर्ब २३ करोड रुपैयाँ विदेश लगेको नेपाल राष्ट्र बैंकको तथ्यांक, ५ महिना अवधिमा विदेशी लगानीकर्ताले ४१ करोड १२ लाख रुपैयाँ लगानी फिर्ता ।

६. सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समितिद्वारा फेवातालको क्षेत्रफल कायम गर्दै प्रतिवेदन सार्वजनिक, फेवातालको क्षेत्रफल ५ दशमलव ७ सय २६ वर्गकिलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम ।

७. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आइतबार एकैदिन झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको उद्घाटन, ३१ ढुंगा राखेर मदन भण्डारी राजमार्गको ३१ पुल शिलान्यास, झापाको तीन नगरपालिका छुने गरी निर्माण हुन लागेको चीन–नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को पनि कशिलान्यास ।

८. शेयर बजारमा ८० अंकको पहिरो, २ हजार ६ सय ४० विन्दुको नेप्से २ हजार ४ सय विन्दुको लाइनमा, बोनसपछि ३० प्रतिशतको हकप्रदले शिखरको मुल्य उकालियो, सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, समयमानै सूचना नदिँदा कारोबार रोक्का ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन र खुमलटारको जीत, मिलन लिम्बुको ह्याट्रिकमा ब्वाइज युनियनद्वारा नयाँ बस्ती युवा क्लव तीनका विरुद्ध शून्य गोल अन्तरले पराजित, खुमलटारको झम्सिखेलमाथि साँघुरो एक शून्यको जीत, चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट असोज ९ देखि २३ सम्म आयोजना हुने ।

१०.र, डेनमार्कमा लकडाउनको विरोध गर्ने ८ जना पक्राउ, अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने, म्यानमार सैन्य कु विरुद्ध भएको प्रदर्शनमा सेनाले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १० पुग्यो ।

प्रतिक्रिया दिनुहोस्