काठमाडौं । नागरिकलाई सडक विस्तारको नाममा सडक छाप बनाइएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन हुँदै आएको छ । नागरिक अधिकारकर्मी र पीडितहरुले माइतीघर मण्डलामा आज प्रदर्शन गरेका छन् । गैरन्यायिक सडक विस्तारको विरोधमा उनीहरुले सडकमा प्रदर्शन गरेका हुन् ।
आज बिहान माइतीघरमा वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा प्रदर्शन भएको हो । बालाजु बाइपास, कालिमाटी, लगनखेल–गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी भएका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।