काठमाडौं । केपी शर्मा ओली समूहको प्रमुख सचेतकमा नियुक्त विशाल भट्टराईको कार्यकक्ष तयार भएको छ ।
संसद सचिवालयले दलको प्रमुख सचेतक परिवर्तनको निर्णय जानकारीमा आएपछि तत्कालीन एमाले संसदीय दल रहेको ठाउँमा भट्टराईको कार्यकक्ष तयार गरिएको जनाएको छ ।
भट्टराईलाई गाडीसँगै ऐन अनुसारका अन्य सुविधा समेत प्रदान गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीले शुक्रबार प्रचण्ड-माधव पक्षका देव गुरुङलाई हटाएर भट्टराईलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।