Logo
Logo

डिएसपी पन्थी छानबिनमा तानिए


दृष्टि संवाददाता

534.7k
Shares

काठमाडौं, १७ फागुन ।
अत्याधिक मात्रामा मातहत कर्मचारी बिदामा छोडेर राशनमा अनियमितता गरेको उजुरीपछि सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका डिएसपी होमनाथ पन्थि छानबिनका लागि मुख्यालय हलचोक तानिएका छन् । सशस्त्र प्रहरी बलको मानबश्रोत तथा प्रशासन बिभागले यहि फागुन १४ गते गुल्मलाइ पत्र लेख्दै १६ गते बिहान १० बजे बिभागमा खटाइ पठाउन आदेश दिएको थियो । सोही अनुसार उनी आइतबार मुख्यालय हाजिर भएका छन् ।


करिब १ सय २० जना कार्यरत सो गुल्मबाट हेडक्वाटरको नीतिनिर्देशनको बेवास्ता गर्दै ७० देखि ८० जना सम्म नियमित बिदा छोडेर राशनमा अनियमितता गरेको प्रारम्भिक छानबिनमा खुलेको थियो । आफु संगठन प्रमुखको नातेदार भएको भन्दै उनले अनावश्यक रुममा संगठन प्रमुखको नाम लिंदै मातहत कर्मचारीलाई दबाबमा राख्दै आएका थिए । सशस्त्र प्रहरी बलको ४ नम्बर मुक्तिनाथ बाहिनि पोखराले सो गुल्ममा निरीक्षण गर्न खोज्दा समेत हिमपातका कारण बाटो बिग्रेकाले आउन सक्ने अवस्था नरहेको भन्दै बाहिनिपतिलाइ समेत झुक्याउन सफल भएका थिए ।
यस्तै सशस्त्र प्रहरी मुख्यालयले हिमशिखर गुल्म पांचथरका डिएसपी किशोर श्रेष्ठ र दोलखा गुल्मका डिएसपी बुद्धि नारायण महर्जन तथा केही गणपतिमाथि समेत छानबिन गरिराखेको छ ।

प्रतिक्रिया दिनुहोस्