Logo
Logo

ग्लोबल आईएमईद्वारा १०.२५ प्रतिशतसहितको ऋणपत्र निष्काशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याजदर १०.२५ प्रतिशतसहितको ऋणपत्र निष्काशन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५ प्रतिशत व्याजदर रहेको छ । यही फागुन १५ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको हो । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ता तर्फ प्रति कित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्ता सम्म आवेदन दिन सकिने छ भने संस्थागत लगानीकर्ताहरुको लागि अधिकतम लगानी सिमा लागू हुनेछैन । सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधि भित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतम प्रतिफल प्राप्त गर्नसक्नेछन् ।
अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंक लि. का जुनसुकै शाखाहरु मार्फत व्याज भुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनैपनि बैंकबाट कर्जा लिन सक्नेछन् । ऋणपत्र फारम ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्रबोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सीआस्वा सदस्य बैंक तथा वित्तिय संस्था र ती संस्थाहरुका तोकिएका शाखा कार्यालयहरुबाट निशुल्क प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्