Logo
Logo

टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो ।

डिजिटल बैंकिङ र नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर विस्तार गरिने बैंकले जनाएको छ ।

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्