Logo
Logo

सांस्कृतिक सम्पदा परियोजना पूनर्निर्माणको लागि भारतद्वारा २४ करोड सहयोग


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । सांस्कृतिक सम्पदा परियोजना पूनर्निर्माणको लागि भारतद्वारा २४ करोड ६ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

ललितपुर र सिन्धुपाल्चोकमा थप तीन वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि भारतले २४ करोड ६ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

थप तीन वटा सांस्कृतिक सम्पदाको पुनस्थापना तथा पुनर्निर्माणका लागि आज काठमाडौंमा सम्झौता पत्र र ठेक्का सम्झौतामा हस्तक्षर भएको दूतावासले जनाएको छ ।

काठमाडौंस्थित् भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा पनि हस्ताक्षर भएको छ । सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरुमा ललितपुर स्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पर्दछन् ।

इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनस्र्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन)ले गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्