Logo
Logo

देशभरका अदालतमा आज शोक बिदा


दृष्टि संवाददाता

630
Shares

काठमााडौं । आज देशभरका अदालतमा शोक बिदा हुने भएको छ । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

बुधबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालको भनाई छ ।

यही फागुन १८ गते साँझ पूर्वप्रधानन्यायाधीश सिंहको निधन भएको थियो। सर्लाही जिल्लामा १९८८ साल फागुन ३ गते जन्मेका सिंहले २०१० सालदेखि सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गरी २०५२ साल असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त भएको थियो। उनले २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्